१२ श्रावण २०८१, शनिबार

देशभरको मौसम सामान्यदेखि पूर्ण बदलीको सम्भावना
  • न्युज मानसराेवर

बाँके। मनसुनी वायुको प्रभावका कारण देशभर सामान्य देखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थान र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षा र प्रदेश–१ का एक दुई स्थान अत्यधिक भारी वर्षाको सम्भावना छ।

  • २३ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech