९ माघ २०८१, बुधबार

विदेश बाट फर्केका युवालाई स्वरोजगार बनाउदै गाउँपालिका
  • आर.के. छिनाल

बाँके बैजनाथ । बैजनाथ गाउँपालिकाले युवा स्वरोजगार कार्यक्रम अन्तर्गत ३२ जनाई स्वरोजगार बनाउने भएको छ ।

आर्थिक वर्ष २०७७।७८ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत उनीहरुलाई स्वरोजगार बनाइने बैजनाथ गाउँपालालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले जानकारी गराए । ऐडीले दिएको जानकारी अनुसार ३२ जनाको माग का आधारमा ७५ प्रतिशत गाउँपालिका र २५ प्रतिशत युवा स्वरोजगार कार्यक्रम आवद्ध व्यक्तिले रकम जोह गर्नु पर्ने छ । बैजनाथ गाउँपालिकाले बैदेशिक रोजगारी बाट फर्केका युवाहरुलाई समेटेर कार्यक्रम बनाएको थियो ।

गाउँपालिकाले युवा स्वरोजगार कार्यक्रममा आवद्ध हुन ७७।१०।११ गते देखी २५ गते सम्म सार्वजनिक सुचना प्रकाशन गरेको थियो ।
छनोटमा परेका  ३२ जना वडाहरुको सिफारीसमा छनोट गरिएको हुन् ।

यसरीआफ्नो  स्थानीय  सरकारले  उपलब्ध गराउने स्वरोजागर कार्यक्रम बाट आफु हर्षित भएको बैजनाथ गाउँपालिका वडा न २ का विष्णु बहादुर शाहिले भनेका छन् । शाही बैदेशिक रोजगारका लागि मलेसिया गएका थिए । उनी बैदेशिक रोजगारी छोडेर नेपाल फर्केका हुन् ।   हाल उनले बाख्रा पालन गर्ने योजना अनुसार गाउँपालिकाले  सम्बन्धित वडा बाट रकम उपलब्ध गराउने भएको छ । शाही जस्तै बैजनाथका अरु ३१ जना पनि हर्षित भएका छन् । उनीहरुको मागका आधारमा स्थानीय सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।

बैजनाथ गाउँपालिकाले उत्पादनमा केन्द्रित योजना अनुसार  युवा स्वरोगार कार्यक्रम संचालनमा ल्याएको  बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले बताए ।  युवा शक्ति लाई स्वदेशमा आफ्नै भूमिमा स्थानीय सरकारको सहकार्यमा केही गर्न प्रेरित गर्न खोजेका हौँ अब उहाँहरुको क्रियाशिलता आवश्यक छ अध्यक्ष रुचालले भने ।

रुचालले यसरी उत्पादन भएका बस्तुको उचित बजारीकरण स्थानीय सहकारी मार्फत गरिने समेत बताए । स्वरोगार कार्यक्रममा छनोट भएका ३२ जनालाई बाख्रा पालन, कुखुरा पालन माछा पालन र वंगुर पालन मा  गाउँपालिकाले आर्थिक सहयोग गर्ने छ ।  छनोट भएका ३२ जनालाई बैजनाथ गाउँपालिकाले १ दिने अन्तरक्रिया गोष्ठिको आयोजना समेत गरेको छ ।

  • २४ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech