१२ श्रावण २०८१, शनिबार

शिक्षक चालिसेको स्मृतीमा ‘अक्षयकोष’ स्थापना
  • न्युज मानसराेवर

बाँके बैजनाथ । सुर्योदय मावि चिसापानीका शिक्षक स्व. नारायण प्रसाद चालिसेको स्मृतीमा अक्षयकोष स्थापना गरीने भएको छ । असार १२ गते सडक दुर्घटनामा ज्यान गुमाएका चालिसेको १३ औं पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभा कार्यक्रममा अक्षयकोषको घोषणा गरीएको हो ।

एकिकृत अखिल नेपाल शिक्षक संगठन बाँकेका नेता समेत रहेका चालिसेको पुण्यतिथिको अवसरमा उनका भाई हरी चालिसेले २ लाखको अक्षयकोष स्थापनाको घोषणा गरेका हुन । परिवारको ईच्छा अनुसार शैक्षिक क्षेत्रमा योगदान पुर्याउने उद्धेश्यले अक्षयकोष स्थापना गरीएको बताउँदै चालिसेले अक्षयकोषमार्फत शैक्षिक क्षेत्रमा स्व. चालिसेले पुर्याएको योगदान सधैं स्मरणीय हुने विश्वास ब्यक्त गरे ।

नेकपा माओवादी केन्द्रका पार्टी सदस्य तथा अखिल नेपाल शिक्षक संगठनका नेता समेत रहेका स्व. चालिसे जनयुद्धका महान सहित ज्ञाम प्रसाद चालिसे ‘आयाम’ का भाई हुन । आयाम जनयुद्धको क्रममा बाँके र बर्दियामा सहादत प्राप्त गर्ने उच्च तहका नेता हुन ।

नारायण प्रसाद चालिसे अखिल क्रन्तिकारीका पुर्वनेता तथा शिक्षा क्यापस सुर्खेतका पुर्व स्ववियु सचिव समेत थिए । उनि बिगत ८ बर्ष देखि सुर्योदय मा।वि। बैजनाथ १ चिसापानीमा अँग्रेजी बिषयका शिक्षकका रुपमा कार्यरत रहदै आएका थिए ।

  • २४ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech