कोहलपुर । कोहलपुर नगरपालिकाले भाद्र महिना भित्र लालपुर्जा वितरण गर्ने उदेश्यका साथ काम गर्दै आइरहेको लागत संकलन ईकाइ प्रमुख विर बहादुर विकले जानकारी दिएका छन् । कोहलपुर नगरपालिकामा भूमिहिन दलित ५ सय९८ ,भूमिहिन सुकुमबासी ८सय४९ ,अव्यवस्थित बसोबास १५ हजार १ सय ५४ गरी कूल १६ हजार ६ सय १ संख्या रहेका छ ।
हाल सम्म लागत संकलन लिने कार्य एक हजार सम्पन्न गरिएको छ । उक्त लागत संकलन कोहलपुर नगरपालिका वडा न १ मा सम्पन्न भएको हो । भूमि सम्बन्धी समस्या समाधान आयोग बाँकेका सदस्य गोपाल गिरीले भाद्र महिला सम्म एक स्थानीय तह एक वडा बाट पहिलो चरणमा लालपुर्जा वितरण गर्ने योजनाका साथ आयोगले काम गरिरहेको जानकारी गराएका छन् ।