११ श्रावण २०८१, शुक्रबार

न्युज मानसरोवर डट कम का प्रधान सम्पादक रोकाया सम्मानित

कोहलपुर नगरपालिकाले  सार्वजनिक महत्वका  विषयमा छलफल  गरी महत्वपूर्ण निर्णयहरु  अधिवेशन बाट पास गरि ९ औँ नगर सभा को अधिवेशन समापन गरेको छ । 

  • आर.के. छिनाल

कोहलपुर । कोहलपुर नगरपालिकाले न्युज मानसरोवर डट कम का प्रकाशक/ प्रधान सम्पादक रबि रोकाया लाई सम्मान गरेको छ ।


बाँके जिल्लामा एक दशक पत्रकारिता क्षेत्रमा क्रियाशिल रोकाया संगै पत्रकार रविन्द्र सिह ठकुरी , पवित्रा परियार, राम बहादुर रावत , डिल्ली शाही,लाई  सम्मान गरेको हो ।

कोहलपुर नगरपालिकाको९ औँ नगर सभा बाट कोहलपुरका क्रियाशिल पत्रकारलाई सहित कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ,कार्यरत्त स्वास्थ्यकमी , सेवा बाट अवकाश स्वास्थ्यकमी  , कोहलपुरमा कार्यरत्त कर्मचारी ,ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख लाई समेत सम्मान गरिएको थियो ।

यसै गरी कोहलपुर नगरपालिकाले बजेट अधिवेशन  बाट आर्थिक वर्ष २०७८।८९को बजेट यस अघि नै १ अर्ब १७ करोड ३४ लाख रकम सर्व सहमत पास गरिसकेको थियो ।

आज  कोहलपुर नगरपालिकाले  सार्वजनिक महत्वका  विषयमा छलफल  गरी महत्वपूर्ण निर्णयहरु  अधिवेशन बाट पास गरि ९ औँ नगर सभा को अधिवेशन समापन गरेको छ ।

  • २९ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech