१२ श्रावण २०८१, शनिबार

खुसीको खबर अब जग्गा नापजांच हुने बैजनाथमा
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बैजनाथ गाउँपालिकाले भूमिहिन दलित ,भूमिहिन सुकुमबासी ,अवयस्ति बसोबासीको जग्गा नापजांच गर्न १५ दिने सूचना प्रकाशन गरेको छ । भूमिहिन दलित ,भूमिहिन सुकुमबासी ,अवयस्ति बसोबासीको स्थानीय तहबाट लागत संकलन सम्बन्धि कार्यविधि २०७७ बमोजिम जग्गा नापजांच गर्न १५ दिने सूचना निकालेको हो ।

भूमिहिन दलितको संख्या ९ सय २४ ,भूमिहिन सुकुमबासीको संख्या १हजार ६ सय २७ अवयस्ति बसोबासीको संख्या ७ हजार ७ सय ६४ गरी बैजनाथ गाउँपालिकामा कूल १० हजार ३ सय १५ घर परिवारको जग्गा नापजांच गरिने छ ।

जिल्लामा हाल डुडुवा गाउँपालिका बाहेकका स्थानीय तहमा लागत संकलन तथा जग्गा नापजांच गर्ने कार्य भइरहेको जिल्ला सुकुमबासी समस्या समाधान आयोगले जनाएको छ । ७ वटा स्थानीय तहमा हाल ५५ हजार ८ सय ३४ घर परिवारको लागत संकलन तथा जग्गा नापजांच कार्य शुरु गरिएको छ ।

  • ३१ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech