काठमाडौं। नेकपा एमाले केन्द्रीय कमिटी बैठकले देउवाको पक्षमा विश्वासको मत दिने माधवकुमार नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा २४ घण्टे स्पष्टीकरण साधेको छ । बैठकले विघटित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गरेको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफूले १० बुँदे स्वीकार गरेर कार्यान्वयनमा लगे पनि माधव नेपालले नमानेको बताए ।