बाँके। भेरोसेल खोपको जिल्लामा जारी अभियानको दोस्रो दिन ६ हजार ७ सय ४३ संख्यामा खोप सेवा लिएका छन । ३ गते बाट शुरु गरिएको खोप अभियान ५ गते सम्पन्न गरिने जिल्ला जन स्वास्थ्य बाँकले जनाएको छ । पछिल्लो समय खोप सेवा शिक्षक, कर्मचारी यातायातकर्मी ,५५ वर्ष उमेर समुह भन्दा माथीका लागि सेवा उपलब्ध गराइएको छ । यसै गरी अभियानको दोस्रो दिन सबै भन्दा बढी खोप सेवा लिने स्थानीत तह बैजनाथ गाउँपालिका रहेको छ। बैजनाथ गाउँपालिकामा २ हजार ९ सय ९९ जनाले खोप सेवा लिएको बैजनाथ स्वास्थ्य शाखा प्रमुख लक्षमण शाहीले जानकारी गराएका छन।