कोहलपुर ।कोहलपुर नगरपालिकामा दैनिक कोरना संक्रमित संख्यामा बृद्धि भइरहेको छ । आज थप १ पुरुषमा कोरना संक्रमण फेला परेको हो । संक्रमित संख्या अब २४ पुगेको छ । १२ पुरुष र १२ महिला गरि कूल २४ को संख्यामा कोरना संक्रमित भएका छन । उच्च स्वास्थ्य मापदण्डको पालना नहुनु र सामाजिक दुरिको पालना नहुदाँ अझै कोरना संक्रमण फैलिने कोहलपुर नगरपालिका कोभिड १९ फोकल पर्सन गेहराज खनालले बताएका छन ।
कोहलपुर नगर स्वास्थ्य शाखाले उच्च संक्रमण फैलिन नदिन आम नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गर्न अपिल गरेको छ । संक्रमित सबै लाई सम्बन्धित वडाका स्वास्थ्य सेवा केन्द्रहरुमा आवद्ध स्वास्थ्यकर्मीले मनोपरामर्श सेवा उपलब्ध गराइरहेको खनालले भनेका छन ।