बाँके बैजनाथ । बैजनाथ गाउँपालिकाले आर्थिक वर्ष २०७७\७८ को बार्षिक समिक्षा कार्यक्रम गरिरहेको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७७\७८ मा सम्पन्न गरेका कामहरुको समिक्षा कार्यक्रम गरेको हो । बार्षिक समिक्षा कार्यक्रममा बैजनाथ गाउँपालिका सबै वडाहरुको प्रगति विवरण तथा शाखाहरुको प्रगति विवरणहरु समावेश गरिएको छ ।
हाल वडागत रुपमा सम्पन्न भए गरेका कामहरुको विवरण प्रस्तुत हुने कार्य जारी रहेको बैजनाथ गाउँपालिका योजना शाखा अधिकृत डोटी नेपालीले जानकारी गराएका छन।
बार्षिक समिक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष ,वडा अध्यक्ष, शाखा प्रमुख लगाएतको कर्मचारीहरुको सहभागिता रहेको छ । समिक्षामा हाल वडा गत प्रगति विवरण प्रस्तुति जारी रहेको बताइएको छ । समिक्षा कार्यक्रम श्रावण ८ गते बाट शुरु गरिहेको हो ।