१२ श्रावण २०८१, शनिबार

दशै भित्र लालपुर्जा वितरण गरिने छः अध्यक्ष मान बहादुर रुचाल

गाउँपालिकाको आर्थिक वर्ष २०७७\0७८ को सार्वजनिक सुनवाइ सम्पन्न ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ । बैजनाथ गाउँपालिकाले सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७७\0७८ को गाउँपालिकाले सार्वजनिक सुनवाई गरेको हो । सार्वजनिक सुनवाई कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले सेवा प्रदायक र सेवाग्राही विचको सम्बन्ध लाई थप उर्जा दिने कार्य सार्वजनिक सुनवाई कार्यक्रमले गर्ने बताए ।

अध्यक्ष रुचालले गाउँपालिकाले अख्तियारी गरेको समृद्ध बैजनाथ गाउँपालिका निमार्ण गर्ने उदेश्यमा निर्वाचित पदाधिकारी र कर्मचारीहरु दत्तचित्त र मुस्कान सहितको सेवा विस्तार गरिरहेको बताए ।

उनले दशैको समय भूमिहिन दलित , भूमिहिन सुकुमबासी ,अव्यवस्थितत बसोबासीहरुलाई लालपुर्जा वितरण गर्ने अभियानमा गाउँपालिका रहेको बताए । सार्वजनिक सुनवाईमा बैजनाथ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्तराज आचार्यले निर्वाचित जनप्रतिनिधिहरु विचको समन्वयन र सहजीकरणमा विकासका गतिविधिहरु संचालन भइरहेको बताए ।

बैजनाथ गाउँपालिकाको सार्वजनिक सुनवाइमा ५ बुंदे प्रतिवद्धता जाहेर गरिएको छ। सार्वजनिक सुनवाईको सहजीकर बास नेपालञ्जले गरेको थियो।कार्यक्रममा वडा अध्यक्ष, कार्यापालिका सदस्य , गाउँपालिका शाखाका प्रमुख ,प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।

  • १० श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech