४ जेष्ठ २०८२, शनिबार

एक वर्षमा साढे २ करोडभन्दा बढीको सियो आयात

नेपालमा सियो बन्दैन

  • न्युज मानसराेवर

बाँके।गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा विभिन्न देशबाट साढे दुई करोडभन्दा बढीको कपडा सिलाउने सियो भित्रिएको छ। भन्सार विभागको तथ्याङ्कअनुसार २०७७ साउन देखि २०७८ असार मसान्तसम्मको अवधिमा नेपालमा २ करोड ५४ लाख ३ हजार रुपैयाँको सियो भित्रिएको छ। उक्त अवधिमा ६ सय ९५ केजी र २ करोड ३६ लाख ११ हजार ९ सय २८ थान सियो नेपाल भित्रिएको हो।

  • १३ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech