१२ श्रावण २०८१, शनिबार

बाँकेमा अन्न उत्पादन घट्दै
  • न्युज मानसराेवर

बाँके।कृषि ज्ञान केन्द्र बाँकेले जनाए अनुसार जिल्लामा धान उत्पादन घटिरहेको छ । आर्थिक वर्ष २०७५/७६ मा ३६ हजार ५ सय हेक्टरमा १ लाख ४६ हजार मेट्रिक टन धान उत्पादन भएकामा गत वर्ष २०७६/७७ मा १ लाख २४ हजार १ सय मेट्रिक टनमात्रै धान उत्पादन  भएको
थियो ।  यो तथ्यांकबाट १५ प्रतिशतले धान खेती घटेको देखिन्छ । कृषि ज्ञान केन्द्रले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा १९ हजार १ सय ६० हेक्टर क्षेत्रफलमा गहुँ खेती लगाएकामा ९७ हजार ४ सय ८० मेट्रिक टन उत्पादन भएको थियो । २०७६/७७ मा २१ हजार ७६ हेक्टरमा गहुँ खेती लगाइएकोमा  ५९ हजार १३ मेट्रिक टन उत्पादन भएको छ ।

  • १४ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech