१२ श्रावण २०८१, शनिबार

बाँकेमा थप २६ जनामा कोभिड पुष्टि, संक्रमण दर बढ्यो
  • न्युज मानसराेवर

कोहलपुर। बाँकेमा आज थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १५२ नमुना परीक्षण गर्दा थप २६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीको प्रयोगशालामा ८९९ नमुना परीक्षण गर्दा १२, मेडिकल कलेज कोहलपुरमा ३७ नमुना परीक्षण गर्दा ११ र बागेश्वरी प्रयोगशालामा २६ नमुना परीक्षण गर्दा ३ गरी २६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये बाँकेका ८ महिला र ७ पुरुष गरी १५ जना छन् । योसँगै बाँकेमा संक्रमितको संख्या १७ हजार ६ सय ४९ पुगेको छ । यस्तै आज थप ५ जना डिस्चार्ज भएका छन् ।

योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय ५० पुगेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । पछिल्लो केही दिन देखि जिल्लामा संक्रमित बिरामीको संख्या बढ्न थालेको छ ।

सिकिस्त बिरामीको संख्या १५ पुगेको छ भने मध्यम बिरामीको संख्या २२ पुगेको छ । ५ जनाको भेन्टिलेटरमा राखेर उपचार चल्दै छ । स्वास्थ्य पेजमा प्रकाशित

  • १८ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech