कोहलपुर । कोहलपुर नगरपालिकामा कोरना संक्रमित संख्या हाफ सेन्चुरी पुरा गरेको छ । आज कोहलपुरमा कोरना संक्रमित संख्या ५१ पुगेको हो । आज थप ६ पुरुष ५ महिलामा कोरना संक्रमण फेला परेको हो । आतरबार यो संख्या ३९ थियो । पछिल्लो समय बाँकेमा कोरना संक्रमित संख्यामा बृद्धि भइरहेको । तत्कालिन मध्य तथा सुदुरपश्चिम हालको प्रदेश ५,६,र ७ को केन्द्र कोहलपुरमा सम्भावित स्वास्थ्य खतरालाई मध्य नजर गर्दै नगर स्वास्थ्य कार्यालयले आम नागरिकलाई सचेत रहन अपिल गर्नुका साथै कोरना परिक्षणमा बृद्धि गरेको छ । कोहलपुर नगरपालिका फोकल पर्सन गेहराज खनालले भनेका छन । खनालले दिएको जानकारी अनुसार कोरना संक्रमिति संख्या बृद्धि भइरहे तत्काल कोभिड अस्थायी अस्पताल पूर्ण सञ्चालन गर्नुका साथै कन्ट्याक्ट टे«सिङ Testing मा स्वास्थ्य समुह थप परिचालन गर्ने योजना छ । हाल कन्ट्याक टे«सिङ Testing मा स्वास्थ्यका दुई समुह परिचालन छन।संक्रमित सबै होम आइसोलेसनमा छन । संक्रमितहरु लाई स्थानीय वडा स्वास्थ्य कार्यालयले मनोपरामर्श सेवा उपलब्ध गराइरहेको छ खनालले भनेका छन ।