बाँके। आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य ९१ हजार रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ। यसैगरी आज तोलामा १० रुपैयाँले घटेको चाँदीको मूल्य प्रतितोला एक हजार २६५ रुपैयाँ तोकिएको छ।