१२ श्रावण २०८१, शनिबार

नेकपा एमाले को स्वास्थ्य विभागले बाँकेमा निशुल्क स्वास्थ्य जाँच गर्ने
  • न्युज मानसराेवर

बाँके।नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग बाँकेले स्वास्थ्य जाँच गराउनको निम्ति हेल्थ डेस्क राख्ने भएको छ । नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग इन्चर्ज अछरी पोखरेलको अध्यक्षतामा बसेको स्वास्थ्य तथा जनसंख्या विभाग बाँकेको बैठकले साउन ३० गते नेकपा एमाले बाँकेले भवानीपुरमा आयोजना गरेको जिल्ला कमिटिको बैठकमा सहभागीहरुको निम्ति सुगर जाँच,व्लडल प्रेसर जाँच लगायतका जाँच निःशुल्क  स्वास्थ्य जाँच गर्ने निर्णय गरेको अध्यक्ष पोखरेलले जानकारी गराइन।

बैठकले महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा महिलाहरुलाई दर खुवाउने कार्यक्रमको आयोजना गर्ने लगाएत समाजिक रुपान्तरण लागि क्रियाशिल हुने निर्णय गरेको छ ।

यसैगरी बैठकले यस अघि विभागमा सचिव रहेर लामो समय कार्य सम्पादन गरेका रामबहादुर चन्द्रलाई विभागको सल्लाहकार समितिको संयोजकमा चयन गरिएको छ एक हप्ता भित्र मेडिकल डाक्टर एसोसियट गठन गर्ने,स्वास्थ्य क्षेत्रका अगुवाहरलाइ समेटेर भेला तथा प्रशिक्षण गर्ने पनि निर्णय गरेको सचिव सुमन गीरीले जानकारी गराइन ।

विभागको इन्चार्ज अछरी पोखरेल,सह इन्चार्ज अनिता थापा,सचिव सुमन गिरी,सदस्यहरुमा खड्ग बहादुर रोका,मनकुमारी सिलवाल,प्रचण्ड गौतम,भरत गुराथोकी,सुनिता आचार्य,सल्लाहकार संयोजक राम बहादुर चन्द लगायतका रहेका छन् ।

  • २३ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech