२८ जेष्ठ २०८२, मंगलवार

चौतर्फी आलोचनापछि स्थानीय तहलाई प्रदेश मातहत ल्याउने प्रावधान हटाइयो
  • न्युज मानसराेवर

काठमाडौं। चौतर्फी आलोचना भएपछि सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदाबाट स्थानीय तहलाई प्रदेश मातहत ल्याउने विषय हटाइएको छ। सत्तारुढ गठबन्धनको सात सदस्यीय कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रम तयार पार्दा राखेको उक्त प्रस्तावप्रति संविधानको प्रावधान विपरीत भन्दै चौतर्फी विरोध भएपछि गठबन्धन पछि हटेको हो। कार्यदलका एक सदस्यका अनुसार गठबन्धनका शीर्ष नेतालाई बुझाएको कार्यदलको प्रतिवेदनमा उक्त बुँदा हटाइएको छ।

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech