बाँके बैजनाथ। बैजनाथ गाउँपालिका ,हेफर प्रोजेक्ट नेपाल र उत्पीडित सामुदायिक विकास केन्द्रको साझेदारीमा संचालित साना किसान उद्यमी सुढृढिकरण परियोजनामा आवद्ध कर्मचारीहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । पशुको उत्पादन तथा बजारीकरण, सामाजिक पुजीँको निमार्ण दुधको उत्पादन ,उत्पादकत्व र उद्यमशिलता अभिवृद्धि गरिने बताइएको छ ।
परियोजनाले बैजनाथका ८ वटै वडाहरुमा काम गर्ने छ । परियोजनाले साना किसानहरुको सवलिकरण सँगै उत्पादन र बजारीकरणमा टेवा पुग्ने बताइएको छ । परियोजनाले बैजनाथका तिन हजार ६ सय १ घर परिवारमा प्रत्यक्ष रुपमा काम गर्ने छ । परियोजनाको अवधि २ वर्षको हुने छ । भने परियोजनाको लागत मध्य तिन करोड १३ लाख ६० हजार गाउँपालिकाको रकम खर्च हुने छ भने हेफर प्रोजेक्ट नेपालको १ करोड १२ लाख र उत्पीडित सामुदायिक विकास केन्द्रको २२ लाख ४० हजार खर्च गर्ने बताइएको छ ।