११ श्रावण २०८१, शुक्रबार

उद्योगहरूको क्षमता उपयोग बढ्यो
  • न्युज मानसराेवर

कोभिड–१९ को प्रभाव कम हुँदै जाँदा नेपाली उद्योगहरूको क्षमता उपयोग बढेको देखिएको छ । नेपाल उद्योग परिसंघले शुक्रवार सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदनले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक अवधिको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा उद्योगको क्षमता उपयोगमा उल्लेख्य सुधार भएको देखाएको हो ।

प्रतिवेदनका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म नेपाली उद्योगहरूले आफ्नो कुल क्षमताको ७० दशमलव ५ प्रतिशत उपयोग गरेका छन् । जुन गत आर्थिक वर्षको अन्तिम त्रैमासिक अवधिमा ६४ दशमलव ८ प्रतिशत थियो ।

अहिले भने उत्पादनमूलक उद्योगहरूको आयमा पनि सुधार भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासको तुलनामा चालू आर्थिक वर्ष २०७८÷७९ को प्रथम त्रैमासमा उद्योगको आय वृद्धिदर ४१ दशमलव १५ रहेको छ ।

प्रतिवेदनमा अहिले पनि ६१ दशमलव ८ प्रतिशत उद्योगले ऊर्जाका लागि जेनेरेटर सञ्चालन गर्ने गरेको  उल्लेख छ । यसले उद्योगको लागत मासिक ५ प्रतिशतले बढाएको पनि उल्लेख छ ।

अध्ययन भएको अवधिमा कृषिक्षेत्रका उद्योगले औसतमा ८ दशमलव ७ प्रतिशत, ऊर्जाक्षेत्रका उद्योगले औसतमा ७ दशमलव ७, उत्पादनमूलक उद्योगले ८ दशमलव ७ प्रतिशत र सेवाक्षेत्रका उद्योगले औसतमा ८ दशमलव २ प्रतिशत ब्याज तिरेका छन्, जुन गत आर्थिक वर्षको अन्तिम त्रैमासको भन्दा धेरै हो ।

यसैगरी उत्पादनमूलक उद्योगहरूले आप्mनो चालू पूँजीको ५४ दशमलव १ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको प्रतिवेदनमा उल्लेख छ । अध्ययनमा सहभागी भएकामध्ये ६१ दशमलव ७ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि आफू तयार रहेको पनि बताएका छन् । यस्ता उद्योगी गतवर्षको अन्तिम त्रैमासमा ८३ प्रतिशत थिए । आर्थिक अभियान दैनिकमा खबर छ ।

  • १८ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech