१२ श्रावण २०८१, शनिबार

३० करोड कारोबार गर्दै सकियो बुटवलको ब्यापार मेला
  • न्युज मानसराेवर

बुटवल- बुटवलमा सञ्चालित चौथो औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला ३० करोड कारोबार गर्दै मंगलबार सकिएको छ। कोरोना महामारीका कारण दुई वर्षसम्म बुटवलमा मेला महोत्सव हुन नसकेको अवस्थामा पुस ८ गतेदेखि २० गतेसम्म बुटवलमा मेला सञ्चालन गरिएको हो।

समापन समारोहमा नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले कोरोना महामारीका कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको हुंदा सरकारले उद्योगी व्यवसायीलाई राहत दिनुपर्ने बताए। अध्यक्ष पाठकले बैकिङ तरलताको समस्या दीर्घकालीनरुपमा समाधान गर्न र ब्यापार घाटा न्यूनिकरणमा विशेष योजना र नीति बनाउन सरकारसंग माग गरे।

नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका लुम्बिनी प्रदेश अध्यक्ष खिमनारायण पराजुलीले राष्ट्रिय पुंजीमार्फत औद्योगिकरण र ब्यापार विविधिकरणमा सरकार र निजी क्षेत्रको ध्यान जानुपर्ने बताए।

आयोजक उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष गोबिन्दराज गैरेले चुनौतिपूर्ण अवस्थामा मेला सफलतापुर्वक सम्पन्न भएको र ५ लाख दर्शकको लक्ष्य राखिएकोमा ८ लाख भन्दा बढी दर्शकले अवलोकन गरेको बताए। उनका अनुसार  ३० करोड रुपैयां बढीको कारोबार भएको छ।

नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलम, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, बुटवल–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू, नेपाली कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे, नेकपा माओवादी केन्द्र रुपन्देही संयोजक निर्मल जीसी लगायतले ब्यापार मेलाबाट बचेको रकमको केही अंश बुटवलको विकास र सामाजिक काममा लगानी गर्न सुझाव दिए।

समापन समारोहमा संघका उद्योग उपाध्यक्ष विष्णु पाण्डे,वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी, संघका महासचिव पदम जीसीले सबैको सहयोग, सुझावबाट मेला सोंचे भन्दा उत्कृष्ट र सफल  भएको बताए। मेलामा स्वदेशी र विदेशी उत्पादनका ४ सय ७० स्टल रहेका थिए

  • २१ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech