१२ श्रावण २०८१, शनिबार

एमाले बाँकेको ८औं जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पुरा
  • न्युज मानसराेवर

बाँके\ आगामी पुस २३ गते सम्पन्न हुने नेपाल कम्युनिष्ट पार्टी एमाले बाँकेको जिल्ला आठौ जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ । बुधबार एमाले बाँकेले पत्रकार सम्मेलनको आयोजना गरी ८ औं जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष निरक गुरुङ्गले अधिवेशनलाई भव्य र व्यवस्थित बनाउनका लागि विभिन्न उप–समितिहरु समेत बनाईएको र अधिवेशनका लागि ४ सय ९७ आयोजक कमिटीका सदस्य सहित १ हजार ३ सय ८३ जना प्रतिनिधिहरुले सहभागिता जनाउने जानकारी दिए ।

अधिवेशन नेपालगञ्जस्थित पार्टी कार्यालयमा विहान ठिक ११ बजे उद्घाटन हुने बताईएको छ । जिल्ला सचिव रत्न खत्रीद्वारा सञ्चालन गरिएको सो पत्रकार सम्मेलनमा केन्द्रीय सदस्यहरु सूर्य ढकाल, मो हारुण, पशुपति दयाल मिश्रा, प्रदेश कमिटीका सदस्यहरु, आयोजक कमिटीका सदस्यहरुलगायतको सहभागिता रहेको थियो ।

  • २१ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech