१२ श्रावण २०८१, शनिबार

बाघको आक्रमणबाट बाँकेमा फेरी एकजनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके\ बाघको आक्रमणबाट बाँकेमा फेरी एकजनाको मृत्यु भएको छ । राप्तीसोनारी ४ पर्सोना गाउँकी ५२ बर्षीया लिला बिष्टलाई बिहीवार बाघले शिकार बनाउँदा उनको मृत्यु भएको हो ।

घास काट्न जंगल गएको बेला ती महिलालाई बाघले खाँदा मृत्यु भएको हो । स्थानीय ३ जना महिलाहरुसंगै गएको बेला जलहन सामुदायिक बनको तीन पाने स्थानमा बाघले खाएको हो ।

इलाका प्रहरी कार्यालय धामपुरको प्रहरी टोली र संयौको संख्यामा गएको स्थानीय बासिन्दाहरुले ती बृद्ध महिलाको रगत चुस्दै गरेको अवस्थामा शव फेला पारेका हुन् । बाघले मान्छेहरुलाई देखेर पनि शवलाई नछोडेपछि प्रहरीले २ राउण्ड हवाई फायर समेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको आदेशमा प्रहरीले उक्त बृद्ध महिलाको शव छुटाउन २ राउण्ड हवाई फायर गरेको हो । इलाका प्रहरी कार्यालय धामपुरका प्रहरी इञ्चार्ज प्रहरी नायव निरीक्षक मुकुन्द सिग्देलले भने एक राउण्ड प्रहार गर्दा झम्टीन खोज्यो, दोस्रो राउण्ड गोली प्रहार गर्दा बाघ भागे पछि शव फेला पारिएको बताए ।

  • २२ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech