११ श्रावण २०८१, शुक्रबार

यी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके\ मंगलबार दिउँसो देशभर आंशिक बदली रहनुका साथै सुदूरपश्चिम, कर्णाली प्रदेश तथा प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि रहेको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसका कारण मंगलबार बिहानैदेखि  प्रदेश नं १ र २ लगायत पहाडी भूभागहरुमा सामान्य बदली रहेको छ र बाँकी स्थानहरुमा आंशिक बदली रहेको छ।
महाशाखाले मंगलबार राति पनि  देशभर आंशिक बदली रहने जनाउँदै प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको औंल्याएको छ ।

  • २७ पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech