१२ श्रावण २०८१, शनिबार

कोहलपुरमा बाख्रा उपहार कार्यक्रम
  • न्युज मानसराेवर

कोहलपुर\कोहलपुर नगरपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपाल र महिला उपकार मंच कोहलपुरको आयोजनामा संचालित कृषि तथा पशु उद्यमशिलता परियोजना अन्तरगत कोहलपुर वडा न.३ विकास नगर टोलमा मुल पशु उपहार कार्यक्रम गरिएको छ ।उपहार प्रदान कार्यक्रममा कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावत , लुम्बिनी प्रदेशका पूर्व कृषि मन्त्रि आरती पौडेल ,कोहलपुर नगरपालिका आर्थिक विकास समिति संयोजक डिल बहादुर परियार ,वडा न ३ का जनप्रतिनिधि लिला पाण्डे लगाएतको सहभागिता रहेको थियो ।कोहलपुर नगरपालिकाको सहयोग आर्थिक विपन्न परिवार लाई आर्थिक रुपान्तरण गर्नाका निम्ति परियोजना मार्फत कार्यक्रम गर्दै आइरहेको छ ।

 

  • २८ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech