११ श्रावण २०८१, शुक्रबार

प्रेस चौतारी बाँके अध्यक्षमा रोकाय चयन
  • न्युज मानसराेवर

बाँके । प्रेस चौतारी नेपाल बाँकेको ९ औँ जिल्ला अधिवेशनले पत्रकार दुर्गा रोकायलाई अध्यक्षमा निर्वाचित गरेको छ । रोकायको अध्यक्षतामा ९ औँ जिल्ला अधिवेशनले २७ सदस्य जिल्ला कार्य समिति चयन गरेको हो।

संगठनको उपाध्यक्षमा बिनोद भट्टराई र रेजिना मल्ल, सचिवमा कमल डाँगी, सहसचिव देवेन्द्र पौडेल र भगतराम थारु र कोषाध्यक्षमा जियाउल मुस्ताफा निर्वाचित भएका छन ।

यसैगरी सदस्यहरुमा रबिन्द्रसिह ठकुरी, यदुराज मिश्र, दिपेश आचार्य, स्मृति देवकोटा, सोम गुरुङ, जयपति ढकाल, कृष्ण जिसी, गोपाल वली, सपना परियार, मोहमद शाहिद अलि (समीर), सर्जन आरसी, कृष्ण चौधरी, धना केसी, अजमत अलि, प्रिती पटेल, मनोज कौशल, रमेशचन्द्र कुमाल, मोहमद मोहसिन, विजय परियार, जागेश्वर थारु र विजय परियार रहेका छन् ।

प्रगतिशिल विचार धारमा कलम चलाउने संगठनका रुपमा परिचित  पत्रकारहरुको साझा संगठन प्रेस चौतारी नेपालको ९ औँ जिल्ला अधिवेशनको उद्घाटन शत्रमा प्रमुख अथिति नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले जनताका विचार र समाज रुपान्तरण लागि कलम चलाउन पर्ने धारणा राखेका छन। उनले एमाले विचारधारा आम जनसमुदायमा लैजानका लागि प्रेस चौतारी संगठनको महत्वपूर्ण योगदान रहेको बताए ।

९ औं जिल्ला अधिवेशनमा नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कक्षपति नेपाल प्रेस यूनियन लगाएत विभिन्न संगठनहरुले ९ औँ जिल्ला अधिवेशनको शुभकामना दिएका थिए ।

  • २८ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech