११ श्रावण २०८१, शुक्रबार

बाँकेमा शुक्रवार ३९ जनामा कोभिड पुष्टि
  • न्युज मानसराेवर

बाँके\बाँकेमा शुक्रवार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ११४ जनाको पीसीआर परीक्षण गर्दा ३९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ५४ नमुना परीक्षण गर्दा २४, मेडिकल कलेज कोहलपुरमा ४४ नमुना परीक्षण गर्दा ८ र बागेश्वरी ल्यावमा १६ नमुना परीक्षण गर्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका २६ जना छन् । योसँगै बाँकेमा कूल संक्रमितको संख्या १८ हजार ६ सय २२ पुगेको छ । नेपालगञ्ज र कोहलपुरका संक्रमित धेरै रहेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

यस्तै शुक्रवार २ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय ६१ पुगेको छ ।

  • ३० पुष २०७८, शुक्रबार प्रकाशित

  • Nabintech