१२ श्रावण २०८१, शनिबार

विपन्नलाई चिसोबाट जोगाउन कम्बल वितरण
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा अत्याधिक चिसो र शीतलहर बढेपछि जिल्ला विपद व्यवस्थापन समिति बाँकेले चिसो प्रभावित विपन्नलाई उनीहरु बसेकै स्थानमा पुगेर न्यानो कम्बल वितरण गरेको छ ।

बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरमा रहेका तथा विभिन्न स्थानमा आश्रय लिएका विपन्न नागरिकलाई उनीहरु बसेकै स्थानमा पुगेर कम्बल बितरण गरिएको बताए ।

शीतलहर आकस्मिक योजना २०७८ अन्तरगत विपद व्यवस्थापन समितिले ६ सय थान कम्बल खरिद गरी चिसो प्रभावितलाई उनीहरु बसेकै स्थानमा पुगेर न्यानो कम्बल वितरण गरिएको हो ।

बाँकेमा चिसो तथा शीतलहरबाट करिव २६ हजार प्रभावित हुने आकलन गरीएको छ । सो अवसरमा प्रशाशकिय अधिकृत रामकुमार सोनकर, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रह्री नायब उपरिक्षक मधुसूदन न्यौपाने, विपद व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली लगायतको टोली विपन्न, मजदुर, सडकापेक्षी मानवको खोजी गर्दै शनिबार राती कम्बल वितारण गरेको थियो ।

  • २ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech