१२ श्रावण २०८१, शनिबार

२४ घण्टामा थपिए झण्डै ५ हजार संक्रमित
  • न्युज मानसराेवर

बाँके\ पछिल्लो २४ घण्टामा चार हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ नमूना परीक्षणमध्ये ४५३४ पीसीआर र ४२७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।  हालसम्मको मृत्यु संख्या ११ हजार ६२० छ । मन्त्रालयका अनुसार थप ४३५ जना संक्रमणमुक्त भएका छन् ।  हाल मुलुकभर २५ हजार ६८० सक्रिय संक्रमित छन् ।

  • २ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech