१२ श्रावण २०८१, शनिबार

बाँके प्रहरीद्धारा ६ महिनाको कार्यप्रगति विवरण सार्वजनिक
  • न्युज मानसराेवर

बाँके\ बाँके प्रहरीले चालु आर्थिक वर्षको ६ महिनाको कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा मंगलवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी चालू आर्थिक वर्ष ०७८/०७९ को कार्य प्रगति विवरण सार्वजनिक गरेको हो ।

६ महिनाको यो अवधिमा बाँके प्रहरीले राजश्व संकलनमा भारी वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्ष ०७७/०७८ को पहिलो ६ महिनामा दुई करोड ७५ लाख ३४ हजार सात सय ३८ रुपैयाँ राजश्व संकलन गरेको बाँके प्रहरीले यो आर्थिक वर्षमा भने झन्डै चार गुणाले बढाएको छ ।

प्रहरीले भन्सार चोरी पैठारी, सुन तस्करलाई कारवाही, ट्राफिक जरिवाना, नदीजन्य पदार्थ उत्खन्न्, जुवातास कारवाही, काठ तस्करी कारवाहीलगायतबाट नौं करोड ३९ लाख, ९३ हजार आठ सय सात रुपैयाँ राजश्व संकलन गरेको प्रहरी प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

यस्तै ६ महिनाको अवधिमा ८८ जना लागुऔषध कारोवारीलाई पक्राउ परेका छन् । प्रहरी उपरीक्षक अधिकारीका अनुसार ती व्यक्तीहरुबाट दुई सय ६५ ग्राम ६ सय १० मिलिग्राम ब्राउन सुगर, चार किलो तीन सय ७५ ग्राम चरेश, तीन हजार पाँच सय ४३ ट्याब्लेट नाइट्रोजेपाम, ६ सय लिटर कोरेक्स, २० ग्राम गाँजा र १ हजार ४ सय ३० ट्याब्लेट ट्रमाडोल बरामद गरिएको छ ।

यस्तै १ सय ३९ जना फरार अभियुक्तलाई समेत पक्राउ गरिएको छ । प्रहरीले ६ महिनाको अवधिमा ५ सय ३७ मुद्दामा ६ सय ७४ जनालाई पक्राउ गरी कारवाही गरेको जनाएको छ ।

  • ४ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech