१२ श्रावण २०८१, शनिबार

प्रतिबन्धित लागुऔषधसहित बाँकेमा ४ जना पक्राउ
  • न्युज मानसराेवर

बाँके\बाँकेको कोहलपुरमा प्रहरीले लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका–११ बस्ने बिरेन्द्र थारुको घरबाट ५ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित ४ जनालाई पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेहरुमा बैजनाथ गाउँपालिका–३ बस्ने ६४ वर्षीय रामचरण थारु, २५ वर्षीय सुरज थारु, २७ वर्षीय ध्रुव कुमार थारु र ३६ वर्षीय सुन्दर राम थारु रहेका छन् ।

बिरेन्द्र थारुको घरमा लागूऔषध ब्राउनसुगरको कारोबार भएको सूचनाको आधार प्रहरीले खानतलासी गर्दै ४ जना यूवालाई पक्राउ गरेको जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • ४ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech