१२ श्रावण २०८१, शनिबार

बाँकेमा ५५ प्रतिशतले लगाए खोपको पूर्णमात्रा
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा ५५ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । १८ वर्षमाथिका खोप लगाउने लक्षित वर्ग चार लाख ६ हजार ६५ जना र १२ देखि १८ वर्ष उमेर समूहका ७९ हजार ८ सय ३६ जनालाई खोप लगाउने लक्ष्य रहेको छ ।

तिमध्ये ५५ प्रतिशतले खोपको पूर्णमात्रा लगाएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए । उनका अनुसार खोपको पहिलो मात्रा ८० प्रतिशतले लगाएका छन् ।

खोप लगाउने काम अहिलेपनि चलिरहेको छ । ओमिक्रोन भाइरसको संक्रमण फैलिँदै गएपछि खोप लगाउनेको संख्यामा वृद्धि भएको उनको भनाइ छ ।

अहिले पालिकाका सबै ठाउँमा खोप लगाउने व्यवस्था मिलाइएको छ । यस्तै खोपको दुवै मात्रा पूरा गरेकालाई भेरी अस्पतालमा वुष्टर खोप लगाउने कार्यक्रम पनि चलिरहेको छ ।

  • ५ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech