१२ श्रावण २०८१, शनिबार

रेड जोनमा परे बाँके सहित १४ जिल्ला
  • न्युज मानसराेवर

बाँके\ बाँके सहित देशभरका १४ वटा जिल्ला ‘रेड जोन’ मा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेसहित देशभर १४ वटा जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित पाइएपछि ती जिल्लालाई रेड जोनमा राखेको हो ।

मन्त्रालयका अनुसार ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा बाँके, कैलाली, कास्की, चितवन, मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, रुपन्देही र मकवानपुर रहेका छन् । शून्य सङ्क्रमित रहेका जिल्ला कुनैपनि नभएको मन्त्रालयले जनाएको छ ।

नेपालमा लगातार कोरोना संक्रमितको रेर्कड तोडिदैं उक्लिरहेकोछ । मंगलबार साढे दश हजार बढि संक्रमित भेटिएकोमा हिजो बुधबार एघार हजार बढि संक्रमित भेटिए, भने बिहीबार देशभर १२ हजार बढि संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १२ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।

मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज ६४९ जना डिस्चार्ज भएका छन्, भने ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ । हालसम्म नेपालमा कोरोनाबाट ९ लाख ९५ हजार जनामा संक्रमण पुष्टि भइसकेको छ ।

  • ६ माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech