१२ श्रावण २०८१, शनिबार

समुद्रमुनि बिछ्याइएका केबलमा समस्या आउँदा नेपालको इन्टरनेट पनि प्रभावित
  • न्युज मानसराेवर

बाँके\ इन्टरनेट प्रवाहका लागि समुद्रमुनि बिछ्याइएका केबलमा समस्या आउँदा नेपालको इन्टरनेट पनि प्रभावित भएको इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल  (आइस्पान)ले जनाएको छ।
आइस्पानले विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि यस्ता केवलमा समस्या आएको उल्लेख गरेको छ। नेपालले भारतका टाटा, एयरटेल, साइफीबाट इन्टरनेट ब्यान्डविथ खरिद गर्छ। अपस्ट्रिम प्रोभाइडर्स भनिने यी कम्पनीका अनुसार मुम्बई खाडी मार्गको उपसमुद्री भागका केबलमा समस्या देखिएको जनाएको आइस्पानले उल्लेख गरेको छ।

अहिले यस्ता सेवा प्रदायकले वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्। त्यसकारण इन्टरनेट सेवा इन्टरनेट सेवा प्रभावित हुनसक्ने आइस्पानले जनाएको छ। अपस्ट्रिम प्रदायकहरूका अनुसार जहाज, पानीमा मौसमको अवस्था र मर्मत कार्यका लागि अनुमति लिनेजस्ता निर्भरताका कारण यो समस्या समाधान गर्न केही हप्ता लाग्ने जनाएको छ। यस्तो समस्या चाँडो समस्या समाधान गर्न  अपस्ट्रिम प्रदायकसँग निरन्तर सम्पर्कमा रहेको पनि आइस्पानले जनाएको छ, गोरखापत्रमा खबर छ ।

  • ८ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech