१२ श्रावण २०८१, शनिबार

एमाले निकट किसान महासंघको जिल्लामा अभियान जारी
  • न्युज मानसराेवर

बाँके\ नेकपा एमाले निकट अखिल नेपाल किसान महासघ नेपाल राप्तिसोनारि गाउँ पालिका स्तरीय भेला बाट राजकुमार चौधरीको अध्यक्षतामा २९ सदस्य पालिका कमिटी विस्तार गरिएको छ ।

अखिल नेपाल किसान महासंघको भेलालाइ नेकपा एमालेका केन्द्रिय सदस्य सुर्य ढकाले किसानहरुका अधिकार सुनिश्चित गर्नाका लागि किसान महासंघको औचित्य र आवश्यकता महत्वपूर्ण रहेको बताएका छन। उनले स्थानीय सरकारले संचालन गर्ने कार्यक्रमहरु बारे स्थानीय भूगोल र स्थानीय आवश्यता अनुरुप हुनु पर्ने र यसका लागि खबरदारी र समन्वय किसान महासंघले गर्न आवश्यक रहेको औल्याएका थिए ।

कार्यक्रममा किसान महासंघ लुम्बिनी प्रदेश संयोजक आरति पौडेलले आफु कृषि मन्त्री हुँदा किसानहरुले उत्पादन गरेका बस्तुमा आधारित कृषि अनुदान ल्याउएको दावि गरेकी छन । पौडेल लुम्बिनी प्रदेश कृषि मन्त्री समेत भएकी थिइन । उनले अब प्रदेश स्तरमा कृषि परिचय पत्र वितरण गर्ने योजना हुँदा हुदै आफुहरुको सरकार गैर कानूनी रुपमा ढलाएको बताइन।

अब स्थानीय स्तरमा किसानहरु अधिकार र स्थानीय सरकार बाट भए गरेका कृषि कार्यक्रमहरुमा संगठनले आम किसानहरुको आवश्यकता लाई मध्यनजर गर्दै दबाव दिन आवश्यक रहेको बताएकी छन।

कार्यक्रममा नेकपा एमालेका  रामदास थारु लुलसिराम थारु पदम वली चमेलि वाकवाल खुमा डाँगी लगाएत नेताहरुले सम्बोधन गरेका थिए । भेलाको अध्यक्षता सुधा थारुले गरेकी थिइन भने कार्यक्रमको संचालन पुर्ण बहादुर थारुले गरेका थिए ।

  • ८ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech