११ श्रावण २०८१, शुक्रबार

बाँकेमा बिहीवार १७२ जनामा कोरोना पुष्टि
  • न्युज मानसराेवर

बाँके\बाँकेमा बिहीवार थप एक सय ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा एक सय ८२ जनाको पीसीआर परीक्षण गर्दा एक सय ३२ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ९२ जनाको नमुना जाँच गर्दा ५९, मेडिकल कलेज कोहलपुरमा ६३ जनाको नमुना जाँच गर्दा ५६ र बागेश्वरी ल्यावमा २७ नमुना जाँच गर्दा १७ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

संक्रमणपुष्टि भएकामध्ये बाँकेका १ सय २९ जना छन् । यस्तै बिहीवार ७७ जना डिस्चार्ज भएका छन् ।

यसैगरी बाँकेको कोहलपुरमा बिहीवार एकै दिन ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोहलपुर नगरपालिकाले पालिका कार्यालयमा शुरु गरेको ५३ जनाको एन्टिजेन परीक्षणमा ४० जनामा भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर खड्काले जानकारी दिए । उनका अनुसार संक्रमित सबै कोहलपुर क्षेत्रका हुन् । अधिकांशमा लक्षण चिन्ह देखिएको छ ।

भाइरस संक्रमणको जोखिम बढेसँगै नगरपालिकाले सातामा दुई दिन सोमवार र विहीबार लक्षण चिन्ह देखिएका र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको कोरोना जाँच गर्दै आएको छ ।

  • १३ माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech