१२ श्रावण २०८१, शनिबार

अलैँचीको मुल्य पाएनन् किसानले
  • न्युज मानसराेवर

खोटाङ- जिल्लामा अलैँची उत्पादनमा वृद्धि भएको छ। आर्थिक वर्ष २०७६-०७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैँचीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ।

केन्द्रका अनुसार आर्थिक वर्ष २०७६-७७ मा ५४२ मेट्रिक टन अलैँची उत्पादन भएकोमा गत आर्थिक वर्षमा ७८७ मेट्रिक टन उत्पादन भएको हो। उत्पादनमा वृद्धि भएपनि यसले उचित मूल्य पाउन सकेको छैन। महत्वपूर्ण नगदेबालीको रुपमा रहेको अलैँची खेतीप्रति उत्साहित किसान उचित मूल्य नपाउँदा भने निराश देखिएका छन्।

  • १४ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech