१२ श्रावण २०८१, शनिबार

बाँकेमा शनिवार ७७ संक्रमित थपिए, ९० डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा शनिवार ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा पीसीआर प्रयोगशालामा १ सय ३५ नमुना परीक्षण भएकोमा ७७ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा ५६ जनाको नमुना जाँच गर्दा ३०, मेडिकल कलेज कोहलपुरमा ५१ जनाको नमुना जाँच गर्दा ३३ र बागेश्वरी ल्यावमा २८ नमुना जाँच गर्दा १४ जनामा भाइरस संक्रमण पुष्टि भएको केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका ५० जना छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ६ सय २१ पुगेको छ । यस्तै शनिवार थप ९० जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ६ सय ४५ पुगेको छ ।

  • १५ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech