बाँके\ भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका विरामी मध्ये अधिकांशले कोभिड विरुद्धको खोप नलगाएको पाइएको छ ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरीको कोभिड वार्डमा अहिले ३७ जना विरामी छन् । ती मध्ये २६ जनाले कुनै पनि खोप लगाएका छैनन् । सिकिस्त अवस्थाका ३ जना नै खोप नलगाएका छन् । मध्यम ३४ जना मध्ये २३ जनाले पनि कुनै खोप नलगाएको पाइएको वलीले बताए ।
कोरोनाको यो तेस्रो लहरमा अस्पताल भर्ना हुने संख्या न्यून रहेको उनले जानकारी दिए । बाँकेमा हालसम्म ८४ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् । दुबै मात्रा लगाउने ५५ प्रतिशत छन् ।