१२ श्रावण २०८१, शनिबार

आज बाट अनेरास्ववियुले चुनावको दबाबका लागि देशभर आन्दोलन गर्ने
  • न्युज मानसराेवर

बाँके\निर्वाचन मिति तत्काल घोषणा गर्न सरकारलाई दबाबका लागि प्रमुख प्रतिपक्ष नेकपा एमालेनिकटको अनेरास्ववियुले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । अन्यथा लाखौं विद्यार्थीलाई सडकमा उतार्ने अध्यक्ष सुनिता बरालले विज्ञप्तिमार्फत चेतावनी दिएकी छन् ।

स्थानीय तहलाई प्रतिनिधिविहीन बनाउने अभिप्रायले गठबन्धन सरकार संवैधानिक व्यवस्था विपरीत चुनाव टार्ने प्रपञ्चमा लागेको भन्दै अनेरास्ववियुले देशभरबाट खबरदारी गर्ने भएको हो ।

अनेरास्ववियुले माघ १७ (आज) देशैभरका जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमार्फत तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई ध्यानाकर्षण गर्ने ।

देशैभर क्याम्पस कमिटीको आयोजनामा क्याम्पस गेटमा कालो ब्यानर राख्ने । १८ गतेसम्म पनि मिति नतोकिए मन्त्री सहभागी कार्यक्रममा कालोझण्डा देखाउने ।

माघ १५ गते संघीय राजधानी र प्रदेश राजधानीमा कानूनविद्हरूको उपस्थितिमा सडक बहस गर्ने अनेरास्ववियुको कार्यक्रममा छ ।

  • १७ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech