१२ श्रावण २०८१, शनिबार

निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष पेश गर्‍यो वार्षिक प्रतिवेदन
  • न्युज मानसराेवर

बाँके\ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति  विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन सोमवार पेश गरेका छन् ।

थपलियाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा निर्वाचन २०७८ को निर्वाचन परिणामसहितको प्रतिवेदन पनि पेश गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

  • १७ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech