१२ श्रावण २०८१, शनिबार

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
  • न्युज मानसराेवर

बाँके\नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार मध्यरातिदेखि नै लागू हुने गरी डिजेल, मट्टीतेल र पेट्रोलको भाउ प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो।  मूल्य वृद्धिसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टीतेल १२५ रुपैयाँ पुगेको छ ।

यस्तै हवाइ इन्धन आन्तरिकतर्फ १० रुपैयाँ बढाएर ११६ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ १०० डलर वृद्धि गरेर १०९५ कायम गरिएको छ । निगमले ग्यासमा घाटा भएपनि हाललाई मूल्य यथावत राखेको जनाएको छ । मूल्यवृद्धि पछि पनि निगमलाई १५ दिनमा २ अर्ब २३ करोड घाटा हुने बताइएको छ।

  • १८ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech