१२ श्रावण २०८१, शनिबार

नयाँ कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुने दोब्बर
  • न्युज मानसराेवर

बाँके\ देशभर कोरोना भाइरस संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या दोब्बर रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. संगीता कौशल मिश्राले ११ हजार ५८२ जनामा परीक्षण गर्दा ३ हजार ६३७ संक्रमित पुष्टि भएका जानकारी दिइन् ।

संक्रमणमुक्त हुने संख्या ७ हजार ५५५ पुगेको उनले बताइन् । हालसम्म ८ लाख ७८ हजार ७२० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ रहेको छ ।

  • १९ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech