१२ श्रावण २०८१, शनिबार

सामी परियोजनाले कोहलपुरमा गर्यो सामुदायिक अगुवासँग अन्तरक्रिया
  • आर.के. छिनाल

कोहलपुर । सुरक्षित आप्रवासन (सामी)परियोजनाले कोहलपुरका सामुदायिक अगुवाहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाल सरकार तथा स्विस सरकारको सहमतिमा श्रम तथा रोजगार मन्त्रालय र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको समझदारीमा जिल्ला समन्वय समिति, बाँकेमा सञ्चालित सामी परियोजनाले  इन्रुडेक बाँकेको सहजीकरणमा कोहलपुरका सामुदायिक अगुवाहरु सँग अन्तरक्रिया गरिएको हो ।कार्यक्रमका प्रमुख अथिति कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले स्थानीय स्तरमा सामी परियोजनाले वैदेशिक रोजगारीमा जानेहरु का लागि सहज वातावरण सृजन गर्न र उनीहरुलाई सहजीकरण गर्नाका लागि आग्रह गरेका छन। उनले परियोजनाले स्थानीय स्तरका तथ्याङ्क  समावेश गर्न आवश्यक रहेको औल्याए ।

कार्यक्रममा सामाजिक विकास समिती संयोजक  नारायणी वलीले सामी परियोजनाले गर्ने कार्यहरु अत्यन्तै राम्रो रहेको बताइन। उनले विषेश गरेर  वित्तिय साक्षरता कार्यक्रम अत्यन्तै महत्वपूर्ण  छ । ज्ञान दिने र उत्पादन मुलक क्षेत्रमा कसरी अर्थ लगानी र बचत कसरी गर्ने भन्ने विषयमा सिकाईने हुंदा यसको दायरा बढाउदै  वैदेशिक रोजगारी संग सम्बन्धित घरपरिवारलाई समेट्न सकेमा कार्यक्रम थप प्रभावकारी हुने बताइन।

यसै गरी कार्यक्रममा शान्ति सुनारले बैदेशिक रोजगारीमा अर्ध ज्ञान लिएर बैदेशिक रोजगारीमा जाने गर्दछौँ।’ यो कालन्तरमा धेरै समस्याका रुपमा रहेको बताइन । उनले कार्यक्रमको प्रस्तुतिकरणको औचित्य र कार्यक्रमको उदेश्य पुरा गर्नका लागि स्थानीय सरकारले विशेष कार्यक्रम संचालन गर्न महशुस गराएको बताइन।’परियोजनाले बाँके जिल्ला लगाएत बैजनाथ गाउँपालिकाका ८ वटै वडा कार्यालयमा सुरक्षित आप्रवासन (सामी) परियोजना संचालनमा छ ।

वैदेशिक रोजगारीमा जाने युवायुवतीको वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित तथा उपलब्धिमूलक बनाउने उद्देश्यले सूचना तथा परामर्श केन्द्र स्थापना गरेर सेवा प्रदान गर्दै आएको परियोजना संयोजक मिरा चौधरीले कार्यक्रममा जानकारी गराइन।

नेपाल सरकार र स्विट्जरल्याड सरकारको दुई पक्षिय सम्झौता श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय तथा बैजनाथ गाउँपालिकाको नेतृत्वमा स्विस सरकार परियोेजना विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालको प्राविधिक सहयोगमा संचालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत बाँकेका चारवटा स्थानिय तह लगायत नेपालका १ सय ५६ स्थानीय तहमा काम गर्दै आइरहेको छ ।

कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल ,कोहलपुर नगरपालिका आर्थिक विकास समिती संयोजक डिल बहादुर परियार ,भिम बहादुर नेपाली विधेक समिती संयोजक ,नारायणी वली सामाजिक विकास समिती संयोजक ,कल्पना अधिकारी कार्यपालिका सदस्य ,लिला पाण्डे कार्यपालिका सदस्य ,शान्ति सुनार कार्यपालिका सदस्य ,इन्द्रमणी ढकाल सामाजिक विकास शाखा प्रमुख तथा सामी फोकलपर्सन लगाएत कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखा, उद्यमशिलता विकास शाखा, विभिन्न गैर सरकारी संघ संस्था, आप्रवासी कामदार हकहित संजालका प्रतिनीधीहरु तथा वैदेशिक रोजगारीबाट फर्किएका रिटर्नीहरुको अन्तरक्रियामा सहभागीता रहेको थियो ।

 

  • १९ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech