१२ श्रावण २०८१, शनिबार

गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि अक्षयकोष स्थापना
  • सरला सुवेदी

बर्दिया\बर्दिया जिल्ला बढैयाताल निवासि स्वर्गिय पुर्णाखर सुबेदीको नाममा निजका श्रीमति श्री सेतुमाया सुबेदी छोराहरु कृष्ण प्रसाद सुबेदी रअशोक सुबेदी बुहारी सिर्जना घिमिरे र भावना पौडेलले अक्षयकोष स्थापना गरेका छन् ।

बिहिवार सुबेदी परिवारद्वारा आयोजित लक्ष्यदीप प्रज्वलन ब्रतबन्ध एवम् आफ्ना सम्पुर्ण स्वर्गिय पितृजनहरुको सम्झनामा गरिएको एकाह कार्यक्रममा अक्षयकोष स्थापनाको संकल्प गरेका छन् ।

आफ्ना स्वर्गिय बुवाको नामबाट बढैयाताल गाउँपालिका वडा नम्बर ७ पडरिया स्थित नेपाल राष्ट्रिय माबि स्कुलमा अध्ययन गर्ने गरिब तथा जेहन्दार विद्यार्थीहरुको लागि एकलाख एघार हरार एकसय एघार रुपैयाँ (रु.१,११,१११ )को पुर्णाखर सुबेदी स्मृति नामक अक्षयकोष स्थापना गरेका छन् । स्वर्गिय सुबेदीका जेठा छोरा कृष्ण प्रसाद सुबेदी उक्त विद्यालयका प्रधानाध्यापक समेत हुन् ।

आफु र भाईबहिनी बाल्यकालमा पढेको स्कुल अनि बुवाले रेखदेख गरेको स्कुल भएको र बुवा जिवित हुदा स्कुलको लागि केहि न केहि गर्ने चाहाना भएको हुँदा बुवाको चाहाना पुरा गर्न भाई असोक सुबेदी र आफु मिलेर अक्षयकोष स्थापना गरेको बताए। यस्तै कार्यक्रममा उपस्थिति उक्त विद्यालयका सहायक प्रधानाध्यापक बिष्णु गौतमले विद्यालयको लागि अक्षयकोष स्थापना गरेको मा कृष्ण प्रसाद सुबेदि र उनका भाई अशोक सुबेदी लगायत सम्पुर्ण सुबेदी परिवारलाई बिद्यालयको तर्फबाट धन्यवाद ज्ञापन समेत गरेका थिए।

  • २० माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech