११ श्रावण २०८१, शुक्रबार

कोहलपुर नगरपालिकामा एमालेले बुझायो ज्ञापन पत्र
  • न्युज मानसराेवर

कोहलपुर \ नेकपा एमालेले काेहलपुर नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।

माघ १९ गते बिहीबार देखि अबिरल रुपमा परेको असिना पानीसहितको वर्षादका कारणले किसानले लगाएको हिउँदेवाली, फलफूल तथा तरकारी खेती पुर्ण रुपमा नष्ट भएको र विगतमा भएको बेमौसमी वर्षातका कारणले धानबालीमा भएको क्षतिको आलोघाउ निको हुन नपाउँदै पुनः किसानहरुले हिउँदै बालीमा ठूलो क्षति व्यहोर्नु परेको भन्दै क्षतिपूूर्तिकाे माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझाउँदै नगर कमिटि अध्यक्ष खिल प्रसाद भुुषालले बेमौषमी वर्षा र हिउँदे वर्षादका कारण खेती किसानी गरी खाने किसानको अवस्था दिनानुदिन कष्टकर भइरहेकाे बताए ।

बर्षादले क्षति पुगेको किसानको हिउँदै बाली, फलफूल तथा तरकारी खेतीको स्थलगत अध्ययन गरी उचित क्षतिपूर्ति तथा राहत वितरण गर्न हामी तीनै तहका सरकारसँग जोडदार माग समेत पेस गर्ने भन्दै ज्ञापन पत्र बुझाएका हौँ भुुषालले भनेका छन।

ज्ञापन पत्र बुझदै नगरपालिका प्रमुख लुट बहादुर रावतले  आउँदाे आइतबार कार्यपालिकाकाे बैठक बसी तथ्थांक संकलन गर्ने प्रतिवद्धता जनाएका छन।

  • २१ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech