११ श्रावण २०८१, शुक्रबार

एमबीबीएस र डेन्टल लाइसेन्स परीक्षाको नतिजा प्रकाशित
  • न्युज मानसराेवर

बाँके\ नेपाल मेडिकल काउन्सिलले पुस २२ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको एमबीबीएस र डेन्टलको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

काउन्सिलले सार्वजनिक गरेको नतिजामा अनुत्तीर्ण हुनेको संख्या धेरै रहेको काउन्सिलले जनाएको हो। परीक्षामा सहभागी २ हजार १५४ परीक्षार्थी मध्य १ हजार १०६ जना परीक्षार्थी अनुत्तीर्ण भएका छन्।

काउन्सिलले प्रकाशन गरेको नतिजामा एमबीबीएसतर्फ १ हजार ७३४ जनाले आवेदन दिएका मध्य परीक्षामा १ हजार ७२२ जना सहभागी भएका थिए। सहभागी विद्यार्थी मध्य ८सय ७१ जना उत्तीर्ण भएका छन् भने ८सय ३१ जना अनुत्तीर्ण भएका छन्। परीक्षामा १२ जना अनुपस्थित रहेको काउन्सिलले जनाएको छ।

यस्तै डेन्टलतर्फ ४३५ जनाले फारम भरेर ४३२ जना परीक्षामा सहभागी भएका थिए। सहभागी मध्यबाट १७७ जना उत्तीर्ण भएका छन् भने २५५ जना अनुत्तीर्ण भएका छन्।

  • २४ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech