१२ श्रावण २०८१, शनिबार

नेपाल-भारत सीमा समन्वय समितिको बैठक सम्पन्न
  • न्युज मानसराेवर

बाँके\ नेपाल  र  भारतका अधिकारीहरूबीच   शनिबार   सीमा   समन्वय समितिको बैठक भएको छ ।

जिल्ला   प्रशासन   कार्यालय,   दार्चुलाको आयोजनामा   भर्चुअल   माध्यमबाट   बैठक भएको  हो ।

बैठकमा  दार्चुला  र  बैतडीका नेपाली  अधिकारी  तथा  भारतको  पिथौरागढका अधिकारीहरूको  सहभागिता  रहेको  दार्चुलाका प्रमुख  जिल्ला  अधिकारी  दीर्घराज  उपाध्यायले बताए ।

उनले   कोरोना   महामारीको प्रभावका कारण भर्चुअल माध्यमबाट बैठक गर्न बाध्य हुनु परेको बताए ।

बैठकमा   नेपालका   तर्फबाट   चारवटा एजेन्डा  प्रस्तुत  गरिएको  थियो ।  प्रमुख  जिल्ला अधिकारी    उपाध्यायका    अनुसार    सीमा समन्वय  बैठकमा  भारतले  दुईदेशीय  सहमति  र अन्तर्राष्ट्रिय  मान्यताविपरीत  दार्चुला  सदरमुकाम खलङ्गापारि  धारचुला  क्षेत्रमा  निर्माण  गरिरहेको पक्की  तटबन्ध,  नेपाल–भारत  जोड्ने  मोटरेबल पुल,   भारतीय   बजारमा   नेपाली   मुद्राको अवमूल्यन  र  सीमा  पुलहरू  खोल्ने  समयका विषयमा   नेपालका   तर्फबाट   एजेन्डा   प्रस्तुत गरिएको  थियो ।

त्यस्तै  भारतीय  पक्षले  आगामी १४ तारिखमा भारतमा हुन लागेको विधान सभा निर्वाचनको  सीमा  सुरक्षा  व्यवस्थापन,  सीमा समन्वयलगायत विषयमा एजेन्डा राखेको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

  • २४ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech