१२ श्रावण २०८१, शनिबार

सशस्त्र प्रहरीद्वारा भारतबाट ल्याईदै गरिएको करिब नौ लाख बराबरको चाँदी बरामद
  • न्युज मानसराेवर

बाँके\ सशस्त्र प्रहरीले नेपालगञ्ज–१६ चौलिका चोकबाट लुकाईछिपाई ल्याउँदै गरेको करिब पौने ९ लाख मूल्य बराबरको ८ किलो बढी चाँदी बरामद गरेका छ ।

भारतीय बजार रुपैडिहाबाट नेपालतर्फ आउँदै गरेको एक भारतीय मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा ५ किलो ७ सय ८५ ग्राम (ढिक्का ४ पिस) र २ किलो ५ सय ११ ग्राम (बनेको गरगहना पाउजु, औंठी) जम्मा ८ किलो २ सय ९६ ग्राम चाँदी सहित मोटरसाइकल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्बाटर बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाट र गोविन्द विहारी शुक्लाको कमाण्डमा खटिएको टोलीले मंगलबार बिहान ११ बजे बरामद गरेको मोटरसाइकल र चाँदी आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बुझाइएको छ ।

उक्त चाँदीको मूल्य ८ लाख ६७ हजार ७ सय १५ र मोटरसाइकलको मूल्य ८० हजार गरी जम्मा भन्सार दाखिला मूल्य ९ लाख ४७ हजार ७ सय १५ कायम भएको सशस्त्र प्रहरीले जनाएको छ ।

भर्खरै मात्र सशस्त्र प्रहरी बल नम्बर ३० गणको कमान्ड सम्हाले यता एसपी जनक राज बस्नेतले सिमा नाकामा निकै कडाइ गर्दै आएका छन् । एसपी बस्नेतले आफ्ना मातहतका सबै युनिटलाई तस्करीविरुद्ध कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएयता सशस्त्र प्रहरीले धमाधम अवैध सामाग्री बरामद गर्दै आएको छ।

  • २५ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech