१२ श्रावण २०८१, शनिबार

लुम्बिनी विकास कोषको कोषाध्यक्षमा भट्टराई नियुक्त
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी विकास कोषको कोषाध्यक्षमा रुपन्देहीका ढुण्डीराज भट्टराई (सिद्धिचरण) नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टराईलाई कोषको कोषाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। कार्यकाल ५ वर्षको रहजे गरि नियुक्त गरिएको जनाईएको छ।

रुपन्देहीको देवदह स्थायी घर भएका भट्टराईले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट एप्लाइड बुद्धिजममा स्नातकोत्तर गरेका छन्। समाजशास्त्रमा पनि स्नातकोत्तर र कानूनमा स्नातक गरेका भट्टराई दुई दशकदेखि पत्रकारितामा पनि आवद्ध थिए। भट्टराई  नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही सहइन्चार्ज हुन्।

  • २५ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech